२०८३ आश्विन १८
२०८३ आश्विन १८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत् कम्पनीहरूको कारोबार समेट्ने हाइड्रो समूहको परिसूचक एक सातामै ७६.७८ अंकले घटेको छ । पछिल्लो साता हाइड्रो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण कमजोर देखिँदा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा झरेको हो । अघिल्लो साता असोज ९ गते हाइड्रो समूहको परिसूचक ३ हजार ६०३.४१ विन्दुमा बन्द भएको थियो । त्यसपछि पछिल्लो कारोबार साताको शुक्रबारसम्म आइपुग्दा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा आएको हो । यसरी हेर्दा एक साताको अवधिमा हाइड्रो समूहले ७६.७८ अंक अर्थात् करिब २.१३ प्रतिशत गुमाएको छ । पछिल्लो साता हाइड्रो समूहले पाँच कारोबार दिनमध्ये तीन दिन गिरावट बेहोरेको छ भने दुई दिन मात्रै…