Skip to main content

Urja Nepal

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

Advertisement

Urja Nepal

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो ।

पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो ।

भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व सङ्कलन भएको थियो । गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७ दशमलव १४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार गत साउनमा रु आठ अर्ब ८३ करोड दुई लाख राजस्व सङ्कलन भएको थियो । सो महिनाका लागि रु आठ अर्ब ५४ करोड बराबरको लक्ष्य निर्धारण गरिएको थियो । गत भदौमा रु नौ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु १० अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै, गत असोज महिनामा भने राजस्व सङ्कलनमा थप वृद्धि भएको थियो । सो महिनाका लागि रु १० अर्ब ९८ करोड लक्ष्य रहेकामा रु १३ अर्ब ८८ करोड सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । यो असोज महिनाको लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत हो ।

राजस्व सङ्कलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा विस्तार देखिएको छ । चालु आवको असोज महिनामा मात्रै रु ३८ अर्ब २१ करोड ११ लाख बराबरका वस्तु आयात भएका छन् । गत आवको असोजमा रु २३ अर्ब ३८ करोड बराबरका वस्तु आयात भएको थियो ।

त्यसैगरी, असोजमा रु चार अर्ब १५ करोड १५ लाख बराबरको माल वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिमा रु दुई अर्ब ६६ करोड बराबरको निर्यात भएको थियो ।

भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ । मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन् ।

भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार गत असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै रु १० अर्ब ५२ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उनले भने ।

निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ । यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातीत वस्तुमा परेका छन् । पहिलो त्रैमासिक अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवै बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ ।

विशेषगरी गत असोजमा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुङ्गानाले बताउनुभयो । भन्सार प्रमुख पौडेलका अनुसार गत वर्षको तुलनामा चालु आवको तीन महिनामा राजस्व सङ्कलनमा अपेक्षित सुधार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...