२०८३ आश्विन २४
२०८३ आश्विन २४
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । उक्त कार्यका क्रममा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुसार प्रसारण लाइनमा रहेको पुरानो तारको सट्टा उच्च क्षमताको नयाँ तार जडान गरिने भएकाले दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्तिमा असर पर्न सक्छ । बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै विद्युत् प्रणालीलाई थप सुरक्षित, सक्षम र दिगो बनाउन प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण आवश्यक रहेको श्रेष्ठले…