Skip to main content

Urja Nepal

Day: २०८३ कार्तिक ५

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित, ‘पैसा लेनदेन गर्न पनि समस्या’

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित, ‘पैसा लेनदेन गर्न पनि समस्या’

हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए । टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले…
Read More