Skip to main content

Urja Nepal

Day: २०८३ भाद्र २१

बाढिले १३० अर्ब रुपैयाँ बराबरको जलविद्युत् आयोजनामा क्षति : इप्पान अध्यक्ष डाँगी 

बाढिले १३० अर्ब रुपैयाँ बराबरको जलविद्युत् आयोजनामा क्षति : इप्पान अध्यक्ष डाँगी 

काठमाडौं । रसुवाको भोटेकोसीमा गत भदौ १० गते गएको बाढीका कारण १३० अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बताएका छन् । डाँगीले बजारको चिरफारलाई दिएको अन्तरवार्तामा बन्दै गरेको समेत गरेर ६५० मेघावट आयोजनामा क्षति भएको बताए । ‘अहिले बैंकहरुले सहज तरिकाले लगानी गर्ने भनेको २० करोड रुपैयाँ प्रति मेघावट हो’, डाँगीले चिरफारलाई दिएको अन्तरवार्तामा भनेको छन्, ‘६५० मेघावटलाई २० करोडले मान्दा पनि १३० अर्ब रुपैयाँ भयो नि ।’ डाँगीका अनुसार जलविद्युत् क्षेत्रमा हुने बिमा दाबी, बैंकको लगानी सुरक्षा र निर्माणाधीन आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जलवायु परिवर्तनका कारण…
Read More
भोटेकोशी बाढी अपडेट : १६१ को अस्थायी व्यवस्थापन गर्ने

भोटेकोशी बाढी अपडेट : १६१ को अस्थायी व्यवस्थापन गर्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए । यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।
Read More