Skip to main content

Urja Nepal

Day: २०८३ आश्विन २

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्षेत्रमा पुर्‍याएको ठूलो क्षतिपछि यसको पुनर्निर्माण र दीर्घकालीन सुरक्षाका लागि सरकारले विशेष नीतिगत तथा वित्तीय प्याकेज ल्याउनुपर्ने बताएका छन् । अभियान राष्ट्रिय दैनिक अन्तरगतको ’न्यू बिजनेस एज’ को युट्युब च्यानलमा प्रसारित ’अभियान अन्तर्वार्ता’ मा कुराकानी गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङ यस्तो बताएका हुन् । भोटेकोशी तथा आसपासका करिडोरमा जलविद्युत् आयोजना, पहुँचमार्ग र प्रसारण लाइनमा खर्बौ रुपैयाँको पूर्वाधार नष्ट भएकाले लगानीकर्ताको मनोबल बढाउन र आयोजनाहरूलाई पुन: सञ्चालनमा ल्याउन भन्सार छुट, रोयल्टी मिनाहा, पीपीए र लाइसेन्ससम्बन्धी लचिलो नीतिसहितको विशेष प्याकेज घोषणा गर्न…
Read More
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने…
Read More