Skip to main content

Urja Nepal

Day: २०८३ आश्विन १३

सिक्टा सिँचाइ आयोजना: लक्ष ४२ हजार७६६ हेक्टरमा सिँचाइ, पुग्यो मात्र २५ हजार हेक्टरमा 

सिक्टा सिँचाइ आयोजना: लक्ष ४२ हजार७६६ हेक्टरमा सिँचाइ, पुग्यो मात्र २५ हजार हेक्टरमा 

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ । खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा थप सिँचाइ सुविधा पुर्‍याउन आयोजनाको पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि बाँकेका विभिन्न स्थानमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार सो कार्यका लागि जग्गा अधिग्रहण गर्न लागिएको जानकारी दिईएको छ । हालको खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ (साविक राधापुर…
Read More
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ । प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिनसकेको छैन…
Read More