Skip to main content

Urja Nepal

सिक्टा सिँचाइ आयोजना: लक्ष ४२ हजार७६६ हेक्टरमा सिँचाइ, पुग्यो मात्र २५ हजार हेक्टरमा 

Advertisement

Urja Nepal

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ ।

खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा थप सिँचाइ सुविधा पुर्‍याउन आयोजनाको पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि बाँकेका विभिन्न स्थानमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार सो कार्यका लागि जग्गा अधिग्रहण गर्न लागिएको जानकारी दिईएको छ । हालको खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ (साविक राधापुर गाविस वडा नं ४ र ७; साविक सीतापुर गाविस वडा नं ३, ६ र ८; साविक उढरापुर गाविस वडा नं १ र ३ तथा साविक रनियापुर गाविस वडा नं ३, ६ र ९) र बैजनाथ गाउँपालिकाका वडा नं ५ र ६ (साविक वनकटवा गाविस वडा नं ४ र ५) भित्र पर्ने जग्गाहरू अधिग्रहण गरिने छ ।

सम्बन्धित जग्गाधनी वा निजको नियमानुसारको वारिसलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न आग्रह गरिएको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।

अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल वा रुख–बिरुवा आदि भएमा सोको विवरण निवेदनमै स्पष्ट रूपमा खुलाई त्यस्ता संरचना तथा रुख–बिरुवाहरू बढीमा एक महिनाभित्र उठाई जग्गा खाली गरिदिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सिक्टा सिँचाइको पश्चिमी मूल नहर बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब ९,००० हेक्टर गरी कूल ४२ हजार७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुबिधा उपलव्ध गराउने लक्ष्य रहेको छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताए ।

सिक्टा सिँचाइलाई चालु आर्थिक वर्ष २०८३/०८४ मा रु दुई अर्व ५५ करोड विनियोजन गरिएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा सिक्टा सिँचाइलाई रु एक अर्ब ५७ करोड विनियोजन भएको थियो । गत वर्षको बजेटमा भन्दा यो वर्ष करिब रु एक अर्ब बढाएर बजेट विनियोजन भएको छ ।

सिक्टा सिँचाइ आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिएको छ । गुरुवागाउँ र अकलघरहवा शाखा र उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामहरूका लागि पूर्व तयारीका कामहरू भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...