२०८३ आश्विन २२
२०८३ आश्विन २२
काठमाडौं । नेपाल र भारतबीचको जलस्रोत तथा ऊर्जा सहकार्यलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मालगायत जलस्रोत तथा ऊर्जा क्षेत्रका उच्च अधिकारीबीच भएको छलफलमा द्विपक्षीय जलस्रोत सहकार्यका विभिन्न विषयमा विचारविमर्श भएको हो । छलफलमा भारतले जल संरक्षण, नदी पुनर्जीवन तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा अघि बढाएका ‘जल शक्ति अभियान–क्याच द रेन’ र ‘रिजुभिनेसन अफ गंगा’ लगायतका कार्यक्रमबाट नेपालले लिन सक्ने सिकाइ र अनुभवबारे विशेष छलफल भएको मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत नेपाल–भारत जलस्रोत सहकार्यका…