२०८३ आश्विन २३
२०८३ आश्विन २३
काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा प्राकृतिक स्रोतको परिचालनबाट संकलन गरेको कुल रोयल्टीमध्ये ५३.६९ प्रतिशत हिस्सा जलविद्युत क्षेत्रबाट प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदनअनुसार विद्युतबाट मात्रै कुल रोयल्टीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको हो । प्रतिवेदनअनुसार उक्त वर्ष प्राकृतिक स्रोतबाट कुल ७ अर्ब ३३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको थियो । यसमध्ये वनबाट २२.३२ प्रतिशत, पर्वतारोहणबाट १३.६२ प्रतिशत र खानी तथा खनिजबाट १०.३७ प्रतिशत रोयल्टी प्राप्त भएको छ । नेपालमा हाल करिब ४ हजार ५०० मेगावाट जडित क्षमताका विद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनाबाट प्राप्त…