Skip to main content

Urja Nepal

Day: २०८३ आश्विन २७

बुढीगण्डकी बाढीबाट प्रभावित अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालन

बुढीगण्डकी बाढीबाट प्रभावित अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालन

काठमाडौं । बुढीगण्डकीमा आएको बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिकाबाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा आएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत राति १:४० बजेसम्मको कार्यप्रगति सार्वजनिक गर्दै विद्युत् आपूर्ति पुन:स्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका हुन् । उनका अनुसार खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले पुन:स्थापनामा कठिनाइ भएको छ । उक्त क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालन गर्न प्राविधिक टोलीले प्रयास जारी राखेको उनले बताएका छन् । खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति पुन: सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । त्यसैगरी, आज बिहानदेखि धार्चे गाउँपालिकामा…
Read More
नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्र: घण्टायां यस्या: सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट…
Read More