२०८३ आश्विन २८
२०८३ आश्विन २८
सिरहा । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको सिरहाको खुट्टीखोला सिँचाइ आयोजनाको हेडवक्र्स पाँच वर्ष पुग्न लाग्दा पनि उपयोगमा आउन सकेको छैन । संरचना बनेको छ, नहर सफाइमा समेत बजेट खर्च भएको छ, तर किसानले खेतमा पानी पाउन सकेका छैनन् । लहान नगरपालिका–११ का किसान घुरन साहका अनुसार वर्षायाममा हेडवक्र्सको गेट खोलेर परीक्षण गर्दा खोलाको पानी नहरमा सहज रूपमा बग्न सकेन । बरु नहरमा जमेको पानी खोलातिरै फर्किने अवस्था देखियो । परिणामत: सिँचाइको सुविधा पाउने आशामा रहेका किसान अझै वर्षाकै भरमा खेती गर्न बाध्य छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७७ मङ्सिर १७…