Skip to main content

Urja Nepal

खुट्टीखोला सिँचाइ आयोजना: हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

Advertisement

Urja Nepal

सिरहा । किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको सिरहाको खुट्टीखोला सिँचाइ आयोजनाको हेडवक्र्स पाँच वर्ष पुग्न लाग्दा पनि उपयोगमा आउन सकेको छैन । संरचना बनेको छ, नहर सफाइमा समेत बजेट खर्च भएको छ, तर किसानले खेतमा पानी पाउन सकेका छैनन् ।

लहान नगरपालिका–११ का किसान घुरन साहका अनुसार वर्षायाममा हेडवक्र्सको गेट खोलेर परीक्षण गर्दा खोलाको पानी नहरमा सहज रूपमा बग्न सकेन । बरु नहरमा जमेको पानी खोलातिरै फर्किने अवस्था देखियो । परिणामत: सिँचाइको सुविधा पाउने आशामा रहेका किसान अझै वर्षाकै भरमा खेती गर्न बाध्य छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७७ मङ्सिर १७ गते मल्टिटेक निर्माण कम्पनीसँग रु. आठ करोड ५६ लाख ७२ हजार ४४२ मा हेडवक्र्स निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई रु. आठ करोड ६८ लाख ९३ हजार ९६२ भुक्तानी भएको छ । तर, ठूलो लगानीको संरचनाले अपेक्षित प्रतिफल दिन सकेको छैन ।

आयोजनाको प्राविधिक पक्षमाथि महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । २०८१ को वार्षिक प्रतिवेदनमा खोलाको पानी बग्ने सतहभन्दा हेडवक्र्स अग्लो स्थानमा निर्माण भएको औँल्याउँदै डिजाइन सुधार र थप निर्माणबिना पानी सङ्कलन तथा वितरण सम्भव नदेखिएको उल्लेख छ । यद्यपि, पूर्वनगरप्रमुख मुनि साहले निर्माणअघि पानीको बहाव परीक्षण गरिएको दाबी गर्दै पानी नजाने निष्कर्षसँग असहमति जनाउनुभएको छ ।

समस्या हेडवक्र्समा मात्र सीमित छैन । मुख्य नहरमा माटो र गेग्रान थुप्रिएको, सहरी ढल तथा फोहोर मिसिएको, अतिक्रमण भएको र सडक निर्माणले नहर साँघुरिएको सिँचाइ कार्यालयको निरीक्षणले देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नहर सफाइका लागि विनियोजित रु. १५ लाखमध्ये रु. सात लाख ९० हजार २४५ खर्चिए पनि अपेक्षित सुधार हुन सकेन ।

सिँचाइ कार्यालय सिरहाले नहर मर्मत, संरचना सुधार र स्तरोन्नतिका लागि रु. १२ करोड ४३ लाख दुई हजार बजेट माग गर्दै मधेस प्रदेश सरकारसमक्ष विस्तृत प्रतिवेदन पेस गरेको छ ।

आयोजनाको कमान्ड क्षेत्र ९६४ हेक्टर रहेकामा करिब ६०० हेक्टर खेतीयोग्य जमिन छ । करिब सात हजार घरधुरीका ३५ हजार जनसङ्ख्यालाई लाभ पुर्‍याउने लक्ष्य राखिएको आयोजना सञ्चालनमा आउन सकेको छैन ।

अब थप बजेट खर्च गर्नुअघि हेडवक्र्सको प्राविधिक अवस्था, पानीको उपलब्धता र नहरको संरचनाबारे वैज्ञानिक अध्ययन गरी वास्तविक समस्या पहिचान गर्नु आवश्यक छ । अन्यथा, करोडौँको लगानी र थप बजेटको योजनाबीच किसानको खेतमा पानी पुग्ने प्रतीक्षा लम्बिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...