Skip to main content

Urja Nepal

Day: २०८३ कार्तिक १२

वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार…
Read More
‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम देखिएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पूर्वानुमानअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेकाले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काटिसकेको भए कार्तिक १२ गतेअघि नै भित्र्याउन…
Read More