२०८३ आश्विन २६
२०८३ आश्विन २६
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसमध्ये ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ । उक्त हिस्साबाट १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये दोलखाको…