Skip to main content

Urja Nepal

५३० मेगावाट विद्युत् बन्द छ, सही व्यवस्थापन गरिएन भने देशमा लोडसेडिङ हुन्छ: इप्पान अध्यक्ष डाँगी

Advertisement

Urja Nepal

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले बाढी र पहिरोका कारण ५३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको र यसको सही व्यवस्थापन नगरे देशमा पुन: लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । सगरमाथा टेलिभिजनको ’सगरमाथा विशेष’ नामक कार्यक्रमको अन्तर्वार्तामा बोल्दै अध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।

डाँगीका अनुसार भाद्र महिनामा आएको विनाशकारी बाढी–पहिरोले त्रिशूली करिडोर लगायत देशका विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा गम्भीर क्षति पुर्‍याएको छ । जसका कारण ४३१ मेगावाटका आयोजना पूर्ण रूपमा बन्द हुनुका साथै प्रसारण लाइन ध्वस्त हुँदा थप आयोजनाहरू समेत प्रभावित भएका छन् ।

अहिले सुक्खायाम (हिउँद) सुरु भइसकेको र नदीहरूमा पानीको बहाव घट्दै जाँदा नदी प्रवाहमा आधारित (रन अफ रिभर) आयोजनाहरूको उत्पादन घटेर करिब २५ प्रतिशतमा झर्ने अवस्था छ । “साँझको पीक लोडको समयमा विद्युत्को माग उच्च हुन्छ, यस्तो बेला ५३० मेगावाट विद्युत् प्रणाली बाहिर हुनु ठूलो चुनौती हो,“ अध्यक्ष डाँगीले भने, “यदि नेपाल विद्युत् प्राधिकरण र सरकारले पीक समयको सही व्यवस्थापन (म्यानेजमेन्ट) गर्न सकेनन् भने लोडसेडिङको अवस्था आउन सक्छ ।“

उनले सरकार तथा विद्युत् प्राधिकरणलाई ध्वस्त भएका प्रसारण लाइन युद्धस्तरमा पुनर्निर्माण गर्न, निजी क्षेत्रसँग सहकार्य गर्न र नीतिगत अड्चनहरू तत्काल फुकाउन आग्रह गरे । निजी क्षेत्रले छोटो समयमै १५५ मेगावाट विद्युत् प्रणालीमा फर्काउन सक्ने भए पनि प्रसारण लाइनको अभाव र सरकारी ढिलासुस्तीले समस्या जटिल बनेको उनको भनाइ छ ।

सरकार र विद्युत् प्राधिकरणले गम्भीरतापूर्वक म्यानेजमेन्ट सुधार गरेर सर्वसाधारणलाई अँध्यारोबाट जोगाउनुपर्नेमा अध्यक्ष डाँगीले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...