Skip to main content

Urja Nepal

बाढी प्रभावित क्षेत्रमा हैजा जोखिम बढेपछि नुवाकोटमा खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

बाढी प्रभावित क्षेत्रमा हैजा जोखिम बढेपछि नुवाकोटमा खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। बिहिबार देखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान…
Read More
बाढीले अबरुद्ध रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा

बाढीले अबरुद्ध रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा

काठमाडौं । त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा जिल्लामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । ढिकुरे (मध्यपहाडी राजमार्ग)–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा–पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका काम गरिएको छ । योसँगै उक्त खण्डमा ठूला सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ। यसअघि सञ्चालनमा रहेको काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट ४ चक्के साना सवारी साधन सञ्चालन हुँदै आएका थिए । अब पाटिखर्कसम्म पुग्ने…
Read More
अर्थमन्त्रीले बाढीले मृत्यु भएका भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली दिए, अज्ञात कर्मचारीहरूको अवस्थाप्रति चिन्ता व्यक्त

अर्थमन्त्रीले बाढीले मृत्यु भएका भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली दिए, अज्ञात कर्मचारीहरूको अवस्थाप्रति चिन्ता व्यक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उनले दिवंगत हुनुभएका अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै, उनले बाढीमा परी बेपत्ता रहनुभएका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँहरू सकुशल फर्किएको सुन्न आतुर रहेको बताए । बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार र बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीहरूका परिवारमा परेको गहिरो पीडाप्रति दु:ख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले दु:मा सरकार र सिङ्गो अर्थ मन्त्रालय साथै रहेको बताए । काम गर्ने सिलसिलामा मुत्यॉ भएका अधिकृत…
Read More
बाढीले प्रभावित जलविद्युत् आयोजना बारे प्रधानमन्त्री बालेनले जानकारी

बाढीले प्रभावित जलविद्युत् आयोजना बारे प्रधानमन्त्री बालेनले जानकारी

काठमाडौं । गत भदौ १० गते गएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाको बारेमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आयोजनामा फेसका व्यक्तिलाई गरेको उद्धारको र अहिलेसम्मको नतिजाको बारेमा समेत जानकारी गराएका हुन् । हेर्नुहोस् प्रधानमन्त्रीले गराएको जानकारी  आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु, भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिम पहिरोको कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आयो। भीषण बाढीका कारण विद्युत् आयोजना क्षेत्रहरुमा पनि ठूलो असर पर्यो। सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरुले जनधनको क्षति बेहोर्नुपर्यो। ती आयोजना क्षेत्रहरुबाट पनि मानिसहरु सम्पर्कविहीन भएकाले…
Read More
रसुवा बाढी: १,३५५ को मृत्यु, ४ हजार ९०० भन्दा बढी बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार

रसुवा बाढी: १,३५५ को मृत्यु, ४ हजार ९०० भन्दा बढी बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार

काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११:०० बजे अद्यावधिक गरेको तथ्याङ्कअनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको हो। प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ५५ जनामध्ये विभिन्न जिल्लाबाट शव फेला परेका छन्। जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमा कतिपय मानव…
Read More
बाढी प्रभावित क्षेत्रमा विद्युत् सामग्री चोरी भएपछि मन्त्रीको दुःखेसो: ‘दोषीलाई कारबाही गरौँ’

बाढी प्रभावित क्षेत्रमा विद्युत् सामग्री चोरी भएपछि मन्त्रीको दुःखेसो: ‘दोषीलाई कारबाही गरौँ’

काठमाडौँ । गत भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भइरहेका बेला पुन:स्थापनाका लागि खटिएका प्राविधिकहरू एकातिर जुटिरहेका छन् भने अर्कोतिर विद्युत् संरचनाका तामाका तार र पाटपुर्जा चोरी हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गम्भीर दुःख व्यक्त गरेका छन्। बाढीको विपत्तिले जनता अन्धकारमा बस्न बाध्य भएको संवेदनशील समयमा विद्युतीय संरचनाका अत्यावश्यक सामग्री चोरी हुनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको मन्त्रीले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा 'रुटिन अफ नेपाल बन्द' (Routine of Nepal Banda) ले सेयर गरेको समाचार पोस्टलाई रि-पोस्ट (शेयर) गर्दै मन्त्री विराजभक्त श्रेष्ठले यस्तो अमानवीय र आपराधिक गतिविधिलाई निरुत्साहित…
Read More
बेनी हाइड्रोपावरको आइपीओ खुल्यो, कस्तो छ कम्पनी ?

बेनी हाइड्रोपावरको आइपीओ खुल्यो, कस्तो छ कम्पनी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ महिनापछि सर्वसाधारणका लागि नयाँ प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । ३ महिनापछि हाइड्रोपावर कम्पनीको आइपीओ आजबाट खुलेको हो । बोर्डबाट अगाडिनै स्वीकृति पाएको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज सोमबारदेखि सर्वसाधारणका लागि आफ्नो आइपीओ बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । जसअन्तर्गत २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि जारी गरिएको छ । यस निष्कासनमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सेयर कटाएर बाँकी रहेको ८ लाख…
Read More
भोटेकोसी बाढी: हाइड्रोका १३ सम्पर्कमा आएसँगै घट्यो हराउनेको संख्या, कति सम्पर्कविहीन ?

भोटेकोसी बाढी: हाइड्रोका १३ सम्पर्कमा आएसँगै घट्यो हराउनेको संख्या, कति सम्पर्कविहीन ?

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरूमा हराइरहेका मध्ये माथिल्लो त्रिशूली थ्री बी आयोजनाका १३ जना सम्पर्कमा आएका छन् । निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना कामदारहरू सकुशल सम्पर्कमा आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जानकारी दिएको छ । इप्पानले जलविद्युत कम्पनीमा काम गर्नेहरूको हराउनेको वस्तुस्थितिसम्म नियमित अपठेट गराइरहेको छ । १३ जना सम्पर्कमा आएसँगै माथिल्लो त्रिशूली थ्री बी आयोजनामा बेपत्ता हुनेहरूको संख्या १४१ बाट घटेर १२८ मा झरेको छ । जसले समग्र हराइरहेकाहरूको संख्यामा केही कमी ल्याएको छ । यद्यपि, रसुवा र आसपासका विभिन्न ११ वटा बाढी प्रभावित जलविद्युत आयोजनाहरूमा अझै ठुलो…
Read More
भोटेकोशी बाढी: ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भोटेकोशी बाढी: ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् । को पछिल्लो…
Read More
बाढीपछि विद्युत् : धादिङ ९९.८, नुवाकोट ९६.७ र रसुवा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

बाढीपछि विद्युत् : धादिङ ९९.८, नुवाकोट ९६.७ र रसुवा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुन: सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुन: सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारकार्य जारी रहेको मन्त्रालयले जनाएको छ । चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर…
Read More