२०८३ भाद्र १८
२०८३ भाद्र १८
काठमाडौ । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव बाहिर निकालिएको छ । खोजी तथा उद्धारमा खटिएको नेपाली सेना उक्त शव निकालेको आयोजनाका प्रबन्धक विजयमान भट्टराईले बताए । अहिले हाइड्रो–मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब १ सय ५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको छ । सोही खोजिको क्रममा दुइ सव भेटेको हो । २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । बुधबार सुरुङको १ सय ५० मिटरभित्र पुगेर खोजी कार्य गरिएको थियो ।