Skip to main content

Urja Nepal

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धार गर्न टोली परिचालन

Advertisement

Urja Nepal

काठमाडौं । रसुवामा अवस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका कर्मचारी तथा श्रमिकहरूको तीव्र खोजी एवम् उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणले विशेष टोलीहरू परिचालन गरेको छ ।

कठिन भौगोलिक बनावट, खराब मौसम र हवाइमार्गबाट उद्धार सामग्री पुर्‍याउनुपर्ने जटिलताका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको छ। खोज प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन प्राधिकरणले काठमाडौँस्थित प्रधान कार्यालय, बट्टार–त्रिशूली र पावरहाउस नजिकैको शान्तिबजारमा तीनवटा अलग–अलग टोली गठन गरी नेपाली सेना तथा अन्य प्राविधिक विज्ञहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।

सामग्री व्यवस्थापन र तत्काल सूचना आदानप्रदानका लागि प्राधिकरणले ‘एनईए (त्रिशुली डिजास्टर रेस्क्यु)’ नामक ह्वाट्सएप समूह प्रयोगमा ल्याएको छ । जसका माध्यमबाट बट्टारमा रहेको मौज्दात सामग्री घटनास्थलतर्फ पठाइनेछ । बट्टारमा सामग्री अभाव भएमा काठमाडौँ टोलीले ह्वाट्सएपमार्फत जानकारी प्राप्त गरी तत्काल आवश्यक उपकरण उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

तर अनौपचारिक स्रोतबाट माग भएका सामग्री आपूर्ति गर्न भने प्राधिकरण बाध्य हुने प्राधिकरणले बताएको छ । उद्धार कार्यका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ बाट प्रबन्धक आभाष ओझा, बट्टार–त्रिशूलीबाट निर्देशक धीरेन्द्र चौधरी र काठमाडौँ प्रधान कार्यालयबाट पशुपति गौतमको संयोजकत्वमा टोलीहरू खटाइएको छ ।

विपद्मा परेका आफ्ना जनशक्तिको खोजीलाई उच्च प्राथमिकतामा राख्दै प्राधिकरणले उपलब्ध सम्पूर्ण स्रोत र साधनको अधिकतम प्रयोग गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?