बाढीले प्रवावित नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति फेरी सञ्चालनमा आएको छ । गत भदौ १० गते भएको बोटेकोसीको बाढीले नुवाकोटमा विद्युत आपूर्ति अबरोध भएको थियो ।
नुवाकोटको चपली(देवीघाट दायाँ सर्किट चार्ज भएपछि जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको हो।
चपली(देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर(६, विदुर(१२ को बाँकी क्षेत्र, विदुर(३ को करिब आधा क्षेत्र, तारकेश्वर गाउँपालिकाका वडा नं। १, ५ र ६ तथा वडा नं। २ र ३, बेलकोटगढी(७ लगायतका क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको छ। यस क्रममा थप ३१ ओटा ट्रान्सफर्मर समेत चार्ज गरिएको प्राधिकरणले जनाएको छ।
