Skip to main content

Urja Nepal

Day: २०८३ भाद्र १९

ह्याप्पी इनर्जीको २० लाख सहयोग, उर्जामन्त्री श्रेष्ठद्वारा आभार व्यक्त

ह्याप्पी इनर्जीको २० लाख सहयोग, उर्जामन्त्री श्रेष्ठद्वारा आभार व्यक्त

काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो । शुक्रवार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको…
Read More
भोटेकोसी बाढी: जलविद्युत् क्षेत्रमा काम गर्ने ९७७ जना अझै बेपत्ता, उद्धार जारी

भोटेकोसी बाढी: जलविद्युत् क्षेत्रमा काम गर्ने ९७७ जना अझै बेपत्ता, उद्धार जारी

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत् क्षेत्रमा कार्यरत ९७७ जना कर्मचारी तथा मजदुरहरू अझै सम्पर्कविहीन रहेका छन् । विभिन्न १० वटा जलविद्युत् आयोजना, एक सबस्टेसन र एउटा वितरण केन्द्रबाट यति ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेका हुन् । बाढी आएको १० दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार प्रयास प्रभावकारी हुन नसक्दा उनीहरूको स्थिति अज्ञात नै रहेको छ । बेपत्ता हुनेहरूमा ८०५ जना आयोजना परिसरबाट र १७२ जना सुरुङभित्र फसेका कामदारहरू रहेका छन् । उद्धारका लागि नेपाली सेना, सुरक्षा निकाय र स्थानीय टोलीहरू निरन्तर खटिएका छन् । पछिल्लो समय माथिल्लो त्रिशूली ३ ’ए’ को सुरुङबाट २…
Read More
त्रिशूली–३ ‘ए’ बाट सञ्जय साह र कविर महर्जनको सफल उद्धार 

त्रिशूली–३ ‘ए’ बाट सञ्जय साह र कविर महर्जनको सफल उद्धार 

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा फसेका सञ्जय साह र रविर महर्जनकाे सफल उद्धार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर समेत रहेका श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको टोलीले सहको सफल उद्धार गरेको हो । ‘अन्य पनि छन् भन्ने जानकारी प्राप्त भएको छ’, न्यौपानेले भने, ‘अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।’ उद्धार टोलीमा खटिएका खनालका अनुसार भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको हो । ‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ’, न्यौपानेले भने, ‘उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’ गत भदौ…
Read More
त्रिशूली–३ को सुरुङमा मानिस जीवित रहेको पुष्टि, उद्धार हुँदै 

त्रिशूली–३ को सुरुङमा मानिस जीवित रहेको पुष्टि, उद्धार हुँदै 

काठमाडौं । त्रिशूली–३ जलविद्युत आयोजनामा फसेका मानिस जीवितनै रहेको पुष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर समेत रहेका श्रीराम न्यौपानेका अनुसार सुरुङमा मानिस जीवित रहेको बताएका छन् । उद्धार टोलीमा खटिएका खनालका अनुसार भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको हो । ‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ’, न्यौपानेले भने, ‘उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’ उद्धार कार्य अझै जारी रहेको न्यौपानेले बताएका छन् । गत भदौ १० गते गएको विनाशकारी बढीले रसुवाको भोटेकोसी र त्रिशूली नदिमा ठुलो धनजनको क्षति गरेको थियो ।…
Read More