काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा फसेका सञ्जय साह र रविर महर्जनकाे सफल उद्धार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर समेत रहेका श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको टोलीले सहको सफल उद्धार गरेको हो ।
‘अन्य पनि छन् भन्ने जानकारी प्राप्त भएको छ’, न्यौपानेले भने, ‘अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।’
उद्धार टोलीमा खटिएका खनालका अनुसार भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको हो ।
‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ’, न्यौपानेले भने, ‘उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’
गत भदौ १० गते गएको विनाशकारी बढीले रसुवाको भोटेकोसी र त्रिशूली नदिमा ठुलो धनजनको क्षति गरेको थियो । जलविद्युत आयोजनाको सुरुङमा आयोजनाका कर्मचारी फेसका थिए । अहिले त्यहाँ फसेका टोलीको उद्धारमा नेपाली सेना सहितको टाली उद्धारमा लागेको छ ।
