२०८३ भाद्र २८
२०८३ भाद्र २८
काठमाडौं । भोटेकोशी तथा त्रिशूली करिडोरमा हालै आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई पुनर्निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा पुन: जोड्न कम्तीमा दुई वर्ष लाग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का निर्वर्तमान अध्यक्ष तथा ऊर्जा मन्त्रीका सल्लाहकार गणेश कार्कीले बताएका छन् । कार्कीले रेडियो कान्तिपुरसँग कुराकानी गर्दै अकल्पनीय र बाढीको ठूलो स्वरूपका कारण जलविद्युत क्षेत्रमा भौतिक तथा मानवीय क्षति उच्च भएको बताए । कार्कीका अनुसार बाढीले सडक, पुल तथा सुरुङका प्रवेशद्वारहरू पुरेकाले उद्धार तथा भारी उपकरण पुर्याउन सुरुका दिनमा निकै चुनौती भएको बताए । भौगोलिक जटिलता र पूर्वाधार ध्वस्त भएकाले चाहेर पनि तत्काल उद्धार कार्य तीव्र पार्न नसकिएको उनले स्पष्ट…