Skip to main content

Urja Nepal

क्षतिग्रस्त जलविद्युत आयोजनाहरू पुरानै अवस्थामा फर्काउन २ वर्ष लाग्छ: निवर्तमान अध्यक्ष गणेश कार्की

Advertisement

Urja Nepal

काठमाडौं । भोटेकोशी तथा त्रिशूली करिडोरमा हालै आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई पुनर्निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा पुन: जोड्न कम्तीमा दुई वर्ष लाग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का निर्वर्तमान अध्यक्ष तथा ऊर्जा मन्त्रीका सल्लाहकार गणेश कार्कीले बताएका छन् । कार्कीले रेडियो कान्तिपुरसँग कुराकानी गर्दै अकल्पनीय र बाढीको ठूलो स्वरूपका कारण जलविद्युत क्षेत्रमा भौतिक तथा मानवीय क्षति उच्च भएको बताए ।

कार्कीका अनुसार बाढीले सडक, पुल तथा सुरुङका प्रवेशद्वारहरू पुरेकाले उद्धार तथा भारी उपकरण पुर्‍याउन सुरुका दिनमा निकै चुनौती भएको बताए । भौगोलिक जटिलता र पूर्वाधार ध्वस्त भएकाले चाहेर पनि तत्काल उद्धार कार्य तीव्र पार्न नसकिएको उनले स्पष्ट पारे । भविष्यमा आउने यस्ता विपद्बाट जोगिन अब बन्ने नयाँ आयोजनाहरूमा संरचनात्मक परिवर्तन र उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए ।

क्षतिग्रस्त आयोजनाहरूलाई पुन: सञ्चालनमा ल्याउन बिमा कम्पनीहरूले द्रुत गतिमा भुक्तानी दिनुपर्ने र सरकारले लाइसेन्सको अवधि थप्ने जस्ता नीतिगत सहजीकरण गरिदिनुपर्ने कार्कीको भनाइ छ । यस्तै, बाढीका कारण उर्जा क्षेत्रले ठूलो संख्यामा उच्च दक्ष जनशक्ति गुमाउनु परेको र यसको अभाव पूर्ति गर्न लामो समय लाग्नेसमेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?