२०८३ भाद्र ३०
२०८३ भाद्र ३०
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले हालै रसुवा तथा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीलाई सामान्य बाढी मात्र नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन् । अर्थ संसारसँगको अन्तर्वार्तामा कुराकानी गर्दै अध्यक्ष डाँगीले जलविद्युत् आयोजनाहरू निर्माण गर्दा नदीमा १०० वर्षसम्म आएको बाढीको स्तर मूल्याङ्कन गरेर संरचनाको डिजाइन गरिने भए तापनि यस पटक सो १०० वर्षको अध्ययनले समेत काम नगरेको बताएका हुन् । हिमाली क्षेत्रमा आइसको पहाड खसेर आएको यो विपत्ति सुनामी सरह रहेको र यसलाई सामान्य बाढी मात्र भन्नु अन्याय हुने उनको भनाइ छ । अन्तर्वार्ताका क्रममा अध्यक्ष डाँगीले रसुवामा ६ र नुवाकोटमा ७ गरी कुल…