२०८३ आश्विन ५
२०८३ आश्विन ५
काठमाडौं । लामो समयदेखि रोकिएको हाइड्रो क्षेत्रको आइपीओ फेरी खुल्न थालेको छ । आज बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निस्कान गरेरपनि शेयरधनीलाई बाढेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ। कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँड गरिएको हो। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार असोज ५ गते बिहान ९ बजे बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो। आईपीओमा २३ लाख ६१ हजार १२४ जना आवेदकले आवेदन दिएका थिए। उनीहरूले कुल २ करोड…