Skip to main content

Urja Nepal

भोटेकोशी–त्रिशूली बाढी प्रभावित जलविद्युत् आयोजनाबारे नेतृत्वस्तरीय परामर्श सम्पन्न

Advertisement

Urja Nepal

काठमाडौं । इलेक्ट्रिकल इन्जिनियरहरूको संस्था, नेपाल (इस्यान) को आयोजना तथा नेपाल विद्युत् प्राधिकरणको सहआयोजनामा भोटेकोशी–त्रिशूली नदी बेसिनमा आएको महाप्रलयबाट प्रभावित जलविद्युत् आयोजनाका विषयमा नेतृत्वस्तरीय परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा महाप्रलयबाट प्रभावित जलविद्युत् आयोजनामा हराइरहेका, मृत तथा सकुशल भेटिएकाहरूको उद्धार, पुन:स्थापना तथा प्रभावित क्षेत्रको उत्थानशीलताका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा विपद्बाट प्रभावित जलविद्युत् आयोजनाको अवस्था, उद्धार तथा पुन:स्थापनाका लागि आवश्यक पहल र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण तथा आयोजनालाई थप उत्थानशील बनाउने उपायबारे परामर्श गरिएको जनाइएको छ ।

इस्यान र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, विद्युत प्राधिकारणको पूर्व कार्यकारी निदेृशक हितेन्द्र शाक्यलगायत लविद्युत् क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले विपद्पछिको उद्धार, पुन:स्थापना तथा जलविद्युत् आयोजनाको पुन:उत्थानका लागि आवश्यक समन्वय र सहकार्यमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...