२०८३ आश्विन १२
२०८३ आश्विन १२
काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी दिन नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज (भदौ १२ गते) सोमबार दिउँसो २:३० बजे पत्रकार सम्मेलन आयोजना हुने भएको हो । पत्रकार सम्मेलनमा अविरल वर्षा र बाढीका कारण विद्युत प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति, प्रभावित क्षेत्रमा विद्युत सेवाको अवस्था तथा सेवा पुन: सञ्चालनका लागि भइरहेका कामबारे जानकारी दिइने जनाइएको छ । प्राधिकरणले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ । प्राधिकरणका नयाँ कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ आएपछिको यो पहिलो…