Skip to main content

Urja Nepal

लमजुङको बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

Advertisement

Urja Nepal

लमजुङ । पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना–ठूला गरी दर्जनौँ पहिराले सडकमा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने केही स्थानमा नदीले सडक कटान गरेको छ ।

“अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ”, उनले भने, “पूर्ण रुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।” उनका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । उक्त स्थानमा सडक खुलाउने तयारी भइरहेको छ । रामबजार आसपासका साना–साना अवरोध हटाएर सडक खुलाउने काम भइरहेको उनले बताए । मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो गएको छ ।

ठूला ढुङ्गा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको उनले बताए । कोत्रो क्षेत्रमा पनि मस्र्याङ्दी नदीले सडक कटान गरेको छ । दुई ठाउँमा रहेका काठे पुल बगाएको छ । सडक खुलाउन आयोजनाले दुई वटा डोजर प्रयोग गरिरहेको छ भने थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी गरिएको छ । तीन वटै डोजर परिचालन गरेर सडक खुलाउने तयारी भइरहेको उनले बताउनुभयो । सडक खुलाउन जलविद्युत् आयोजनासँग समेत सहयोग माग गरिएको छ ।

केही स्थानमा सडकको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने उनले बताए । विसं २०७८ मा बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक लामो समय अवरुद्ध भएको स्मरण गर्दै अहिले धेरै ठाउँमा एकैपटक क्षति भएकाले सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने उनले बताए ।

करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडकमा क्षति पुगेपछि मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । मनाङमा अहिले खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थपिन सक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...