२०८३ आश्विन १४
२०८३ आश्विन १४
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विभिन्न सुधारका सुझावहरू पेस गरेको छ । इप्पानले जलविद्युत तथा नवीकरणीय ऊर्जाको विकास, वित्तीय व्यवस्थापन र वातावरणीय स्वीकृतिको प्रक्रियालाई सरल र द्रुत बनाउन माग गरेको छ । इप्पानले बुझाएका मुख्य–मुख्य सुझावहरू यसप्रकार रहेका छन्: विद्युत व्यापार र पीपीए खुला: निजी क्षेत्रलाई आन्तरिक र अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिनुपर्ने र रोकिएका विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुला गर्नुपर्ने माग गरिएको छ । साथै, पीपीए दरलाई राष्ट्र बैंकको मूल्यवृद्धि सूचकांक र निर्माण सामग्रीको मूल्यसँग आबद्ध गरी पुनरावलोकन…