२०८३ आश्विन १५
२०८३ आश्विन १५
काठमाडौं । हालै परेको अविरल वर्षासँगै भोटेकोशीलगायतका नदीमा आएको भीषण बाढीपहिराले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीपहिराका कारण ऊर्जा क्षेत्रमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले बताएका छन् । एपी वान टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘एपी टक टाइम’मा प्रस्तोता निराजन भण्डारीसँग कुराकानी गर्दै कार्कीले नेपाल विद्युत् प्राधिकरणको तथ्यांक उद्धृत गर्दै प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका हुन् । बाढीपहिराले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुर्याउनुका साथै प्रणालीबाट ठूलो परिमाणमा विद्युत् बाहिरिएको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको निजी विज्ञ सल्लाहकार समेत रहेका…