Skip to main content

Urja Nepal

Day: २०८३ कार्तिक २३

सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

काठमाडौँ । सरकारले करीब ४ वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाहरूको विद्युत् खरीद सम्झौता (पीपीए) पुनः अघि बढाउने तयारी गरेको छ । नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पीपीए खुला भएको सन्देश दिने उद्देश्यले सरकारले आफ्नै स्वामित्वमा रहेका र सहायक कम्पनीमार्फत अघि बढाइएका आयोजनाको पीपीए खुलाउने तयारी गरेको हो । पहिलो चरणमा सरकारी लगानी तथा स्वामित्वका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने र त्यसपछि निजी क्षेत्रका आयोजनालाई समेट्ने तयारी गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले बताएको छ । पीपीएसम्बन्धी यसअघि भएका अध्ययन तथा पुनरवलोकनका प्रतिवेदनमाथि छलफल गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयका एक सदस्यले जानकारी दिए । पहिलो चरणमा…
Read More
तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत प्रणाली सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएको तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल भएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग…
Read More
नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका ती परियोजना सूचीकृत भए पनि निजीक्षेत्रबाट प्रस्तुत गरिने परियोजना भने हालसम्म सूचीकृत भएका छैनन् । यही मंसिर २३ र २४ गते (सन् २०२६ डिसेम्बर ९ र १०) आयोजना हुने सम्मेलनको आधिकारिक वेबसाइटमा सरकारका तर्फबाट प्रस्तुत हुने आयोजनाको सूची सार्वजनिक गरिएको हो । त्यसमा पूर्वाधार विकास, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि काठमाडौँ उपत्यका विकास प्राधिकरण, औद्योगिक क्षेत्र विकास लिमिटेड, बूढीगण्डकी हाइड्रोपावर कम्पनीसम्मले आफ्ना परियोजना सूचीकृत गराएका छन् । निजी क्षेत्रका परियोजनाहरू भने राखिएका छैनन् । नेपाल उद्योग…
Read More
सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

काठमाडौं । नेपाली सेनाले रुपन्देहीको सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्चालनको तयारी गरेको छ । लाभग्राहीको सङ्ख्या १० लाख नाघेको र आयस्रोतमा सङ्कुचन देखिन थालेपछि सैनिक कल्याणकारी कोषको दीर्घकालीन आर्थिक दिगोपन चुनौतीपूर्ण बन्दै गएकाले सौर्य ऊर्जामा पनि लगानी गर्न लागेको कोषको भनाई छ । बैंकबाट प्राप्त हुने ब्याज आम्दानीमा गिरावट तथा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या र बजेटमा गरिएको कटौतीले कोषको आयमा प्रभाव पारेको छ । यस अवस्थालाई ध्यानमा राख्दै कोषले आयस्रोत विविधीकरण र दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्ने योजना अघि बढाएको छ । यसैक्रममा रुपन्देहीको सैनामैनामा करिब १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको…
Read More