Skip to main content

Urja Nepal

सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

Advertisement

Urja Nepal

काठमाडौं । नेपाली सेनाले रुपन्देहीको सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्चालनको तयारी गरेको छ ।

लाभग्राहीको सङ्ख्या १० लाख नाघेको र आयस्रोतमा सङ्कुचन देखिन थालेपछि सैनिक कल्याणकारी कोषको दीर्घकालीन आर्थिक दिगोपन चुनौतीपूर्ण बन्दै गएकाले सौर्य ऊर्जामा पनि लगानी गर्न लागेको कोषको भनाई छ ।

बैंकबाट प्राप्त हुने ब्याज आम्दानीमा गिरावट तथा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या र बजेटमा गरिएको कटौतीले कोषको आयमा प्रभाव पारेको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै कोषले आयस्रोत विविधीकरण र दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्ने योजना अघि बढाएको छ । यसैक्रममा रुपन्देहीको सैनामैनामा करिब १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परियोजनाले कोषको दीर्घकालीन आयस्रोत बढाउनुका साथै नेपाल सरकारको वैकल्पिक ऊर्जा नीतिलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोषले नेपाल सरकारलाई वार्षिक रूपमा करिब ७० करोड रुपैयाँसम्म कर बुझाउँदै आएको छ । यसबाट सैनिक परिवारको कल्याणसँगै राज्यको राजस्व र राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुगेको छ ।

समग्रमा सैनिक कल्याणकारी कोषले सैनिक परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सुरक्षामा योगदान पुर्याउनुका साथै दक्ष जनशक्ति उत्पादन तथा उद्यमशीलता प्रवर्द्धनमा समेत भूमिका निर्वाह गर्दै आएको छ । बढ्दो दायित्वअनुसार कोषलाई आर्थिक रूपमा दिगो, सेवामुखी र समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ । ...
नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...
सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

काठमाडौं । नेपाली सेनाले रुपन्देहीको सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्चालनको तयारी गरेको छ । लाभग्राहीको सङ्ख्या...
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...

छुटाउनुभयो कि?

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...