Skip to main content

Urja Nepal

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

Advertisement

Urja Nepal

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका ती परियोजना सूचीकृत भए पनि निजीक्षेत्रबाट प्रस्तुत गरिने परियोजना भने हालसम्म सूचीकृत भएका छैनन् ।

यही मंसिर २३ र २४ गते (सन् २०२६ डिसेम्बर ९ र १०) आयोजना हुने सम्मेलनको आधिकारिक वेबसाइटमा सरकारका तर्फबाट प्रस्तुत हुने आयोजनाको सूची सार्वजनिक गरिएको हो । त्यसमा पूर्वाधार विकास, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि काठमाडौँ उपत्यका विकास प्राधिकरण, औद्योगिक क्षेत्र विकास लिमिटेड, बूढीगण्डकी हाइड्रोपावर कम्पनीसम्मले आफ्ना परियोजना सूचीकृत गराएका छन् । निजी क्षेत्रका परियोजनाहरू भने राखिएका छैनन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भने ‘अहिले सरकारी निकायका २३ ओटा परियोजनाको मात्र सूची तयार भएको छ । निजी क्षेत्रका परियोजना अनसोलिसेटेड (औपचारिक रूपमा आयोजना प्रस्ताव आह्वान नगरिएको अवस्थाका परियोजना अर्थात् स्वप्रस्तावित) आयोजनाका रूपमा सोकेसमा राखिनेछ ।’

परिसंघले सम्मेलनलक्षित नयाँ वेबसाइट बनाएको छ । त्यसमा निजी क्षेत्रका लगानीकर्ता तथा परियोजना विकासकर्ताले अनसोलिसेटेड परियोजना राख्न सक्ने विकल्पसमेत रहेको उनले जानकारी दिए । सम्मेलनमा सोकेस गर्नका लागि १७ अर्ब अमेरिकी डलर (२५ खर्ब ७२ अर्ब) रूपैयाँ लगानीका परियोजनाहरू एउटै ढाँचामा तयार गरिएको उनले बताए । उनका अनुसार यस वर्षको सम्मेलनमा ४० ओटा परियोजना सोकेस गर्ने लक्ष्य राखिएको छ ।

सबैभन्दा धेरै परियोजना पूर्वाधार विकास मन्त्रालयका

सम्मेलनमा सबभन्दा धेरै परियोजना पूर्वाधार विकास मन्त्रालयका राखिने भएको छ । नेपाल पूर्वाधार सम्मेलन सचिवालयका अनुसार मन्त्रालयले विभिन्न एक्सप्रेस वेदेखि सुरूङमार्गसम्ममा लगानी खोज्दै परियोजनाको सूची बनाएको छ । त्यसअनुसार कोहलपुर–सुर्खेत एक्सप्रेस वे, बुटवल–पोखरा एक्सप्रेस वे, दाउन्ने सुरुङमार्ग, धरान–लेउती सुरुङमार्ग, माझीटार–शक्तिखोर सुरुङमार्ग तथा मिश्रित सहरलगायत परियोजना सोकेसमा राखिनेछन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्णाली र भेरी एचभीएसी ट्रान्समिसन लाइन, माथिल्लो अरुण, दूधकोशी स्टोरेज, तमोर स्टोरेज बूढीगण्डकी जलविद्युत् आयोजना रहेका छन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका नौबस्ता, शक्तिखोर औद्योगिक क्षेत्र र धौबादी फलाम कारखाना रहेका छन् ।

सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निजगढ अन्तरराष्ट्रिय विमानस्थल र खप्तड एकीकृत इको–टुरिजम परियोजना पनि सोकेसमा राखिने छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रोलवालिङ वा मुस्ताङमा एआई डेटा सेन्टर बनाउने गरी परियोजना प्रस्ताव गर्दै छ । मन्त्रालयले मल्टिहब आईसीटी पार्क, काठमाडौँ परियोजना पनि सम्मेलनमा पेश गर्ने भएको छ ।

परिसंघले सम्मेलनको पूर्वतयारी तथा नेपालका पूर्वाधार परियोजनामा लगानीकर्ता, विकासकर्ता, वित्तीय संस्था र निर्माण साझेदारहरूलाई आकर्षित गर्ने गरी विभिन्न कार्यक्रम गरिसकेको छ । बिहीवार सम्मेलनको औपचारिक घोषणा र परियोजनाको रोडसोसमेत गरिसकेको छ । नोभेम्बर १९ अर्थात् मंसिर ३ गते भारतको नयाँ दिल्ली, मंसिर ९ गते दुबई र मंसिर १४ गते चीनको बेइजिङमा रोडसो आयोजना गर्ने तयारी छ ।

परिसंघका अध्यक्ष पाण्डेले भारत, चीन र दुबईमा रोडसो गर्ने योजना रहेको जानकारी दिए । छोटो समय भएकाले ती देशमा गई रोडसो गर्ने सुनिश्चित भने भइनसकेको पाण्डेले बताए । (अभियान दैनिकबाट)

प्रतिक्रिया

सम्बन्धित खबर

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ । ...
नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...
सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा आयोजना बनाउँदै सैनिक कल्याणकारी कोष

काठमाडौं । नेपाली सेनाले रुपन्देहीको सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्चालनको तयारी गरेको छ । लाभग्राहीको सङ्ख्या...
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...

छुटाउनुभयो कि?

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...