Skip to main content

Urja Nepal

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

Advertisement

Urja Nepal

दाङ, १ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभयो ।  प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभयो । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारू, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभयो ।  नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?