Skip to main content

Urja Nepal

अर्थमन्त्रीले बाढीले मृत्यु भएका भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली दिए, अज्ञात कर्मचारीहरूको अवस्थाप्रति चिन्ता व्यक्त

Advertisement

Urja Nepal

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उनले दिवंगत हुनुभएका अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

साथै, उनले बाढीमा परी बेपत्ता रहनुभएका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँहरू सकुशल फर्किएको सुन्न आतुर रहेको बताए ।
बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार र बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीहरूका परिवारमा परेको गहिरो पीडाप्रति दु:ख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले दु:मा सरकार र सिङ्गो अर्थ मन्त्रालय साथै रहेको बताए ।

काम गर्ने सिलसिलामा मुत्यॉ भएका अधिकृत शर्माको परिवारलाई सरकार र अर्थ मन्त्रालयका तर्फबाट दिन सकिने राहत र पुनस्र्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्रले भने ।

श्रद्धाञ्जली तथा स्मरण सभामा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले नवकुल शर्माको अभाव सधैँ खड्किरहने बताए । सरकारलाई राजस्व उठाउने कार्यका लागि खटिँदा ज्यान गुमाउन पुग्नुभएका शर्मालाई उनले राजस्व सहिदको रूपमा सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।

साथै, उनले बाढीमा परेर सम्पर्कविच्छेद भएका र अवस्था अज्ञात रहेका १४ जना कर्मचारीहरूको अवस्थाले चिन्तित तुल्याएको बताए । उनीहरूको अवस्था पहिल्याउन सरकारले यथेष्ट पहल गरेको पनि सचिव उपाध्यायले बताए ।

सभामा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिल्याउन र बेपत्ताको खोजी गर्न हरसम्भव प्रयास जारी राखेको बताए ।

सो अवसरमा रसुवा भन्सार कार्यालयमा भन्सार प्रमुखको जिम्मेवारीमा रहनुभएका उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० गते भोगेको त्रासदीको स्मरण गरेका थिए । आँखैअघि आफ्ना सहकर्मी गुमाएको र बेपत्ता भएको घटनाले अझै झस्काइरहेको बताए ।

भदौ १० गतेको बाढीमा परी रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना कर्मचारी बेपत्ता भएका थिए । जसमध्ये शर्माको शव गोरखामा फेला परेपछि पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको थियो । सो घटनामा परेका १४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ ।

विभागका अनुसार बेपत्ता हुनुहुने कर्मचारीहरूमा भीम लामा, विष्ण्ॉप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ छन् । उनीहरुको अवस्था पहिल्याउन भन्सार विभागले विशेष टोली नै बनाएर खटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?