Skip to main content

Urja Nepal

चिलिमे सुरुङ उद्धार: अस्थायी सडक सञ्जाल जोडिएपछि २४ सै घण्टा काम थालियो

Advertisement

Urja Nepal

काठमाडाैँ । गत भदौ १० गते आएको अविरल वर्षा र भीषण बाढीले देशका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो भौतिक क्षति पुर्‍याउनुका साथै निर्माणधीन पूर्वाधारहरूमा जोखिम बढाएको छ।

सोही बाढी र पहिरोका कारण रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र श्रमिकहरू फस्न पुगेका थिए। बाढीले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेपछि हालसम्म हेलिकप्टरमार्फत मात्रै आवतजावत तथा उद्धार कार्य सञ्चालन गरिँदै आएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सुरुङ विज्ञ इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आजदेखि उद्धार स्थलसम्म अस्थायी सडक सञ्चालनमा आएको छ, जसले उद्धार प्रयासलाई थप प्रभावकारी बनाएको छ।

न्यौपाने स्वयम् उद्धारको प्रत्यक्ष नेतृत्व गर्न सुरुदेखि नै घटनास्थलमा खटिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै उद्धार कार्यलाई तीव्रता दिन आजैदेखि ‘नाइट सिफ्ट’ समेत सुरु गरी चौबीसै घण्टा निरन्तर काम गरिने बताएका छन्।

अस्थायी सडक जोडिएसँगै उपकरण र सामग्री ढुवानी सहज भएकाले सुरुङमा फसेका श्रमिकहरूको चाँडै सकुशल उद्धार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?