काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीज्यूले उक्त बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुन स्थापनामा निरन्तर जुटिरहेको छ ।
सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापना थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
