Skip to main content

Urja Nepal

चिलिमे सुरुङ उद्धार: १०५ मिटर भित्रबाट आयो चिसो हावा र प्रतिध्वनि, उद्धार कार्य तीव्र

Advertisement

Urja Nepal

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि अवरुद्ध भएको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा महत्त्वपूर्ण सफलता हात परेको छ ।

आयोजना स्थलमा खटिएका नेपाली सेनाको उद्धार टोलीले सुरुङको करिब १०५ मिटर भित्र प्रवेश गरी खोजतलास गर्दा भित्रबाट चिसो हावाको दोहोरो बहाव भइरहेको र भित्र आवाज पठाउँदा प्रतिध्वनि आएको जानकारी दिएको छ ।

घटनास्थलमा प्रत्यक्ष रूपमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले सुरुङभित्र जमेको लेदो पन्छाउने कामलाई निरन्तरता दिइरहेका छन् ।

सुरुङभित्र हावाको दोहोरो बहाव हुनु र भित्रबाट प्रतिध्वनि आउनुले भित्रको वातावरणमा अक्सिजनको पहुँच रहेको र मानिसहरू सुरक्षित स्थानमा आश्रय लिएर बसेको हुन सक्ने सकारात्मक संकेत मिलेको न्यौपानेको भनाई छ ।

गत भदौ १० गतेको अविरल वर्षासँगै आएको लेदोसहितको बाढीले चिलिमे जलविद्युत् आयोजनाको पहुँच मार्ग तहसनहस पार्नुका साथै सुरुङको प्रवेशद्वार पूर्ण रूपमा ढाकेको थियो । बाढीका कारण सुरुङभित्र श्रमिकहरू थुनिएपछि लगातार उद्धारको प्रयास भइरहे पनि भौगोलिक जटिलता र निरन्तरको लेदोका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको थियो ।

हाल सुरक्षा निकायले साना एक्साभेटर तथा प्राविधिक उपकरणहरूको प्रयोग गरी सुरुङभित्रको ढल र लेदो हटाउने काम गरिरहेका छन् ।

सुरुङ विज्ञ समेत रहेका सांसद न्यौपानेले भित्रबाट प्राप्त यी नयाँ संकेतहरूले उद्धार टोलीमा उत्साह थपेको र थुनिएका श्रमिकहरूलाई चाँडै सकुशल बाहिर ल्याउने गरी काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?