Skip to main content

Urja Nepal

चिलिमे जलविद्युत्को सुरुङमा भेटिएन जीवन, ५ मृतक फेला

Advertisement

Urja Nepal

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् केन्द्रको सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीमा आशा गरिए पनि पाँच जनाको जिवीत भने भेट्न सकिएन । सुरुङमा खोजी गर्ने क्रममा थप दुई जनाको शव भेटिएसँगै फेला परेका मृतकको संख्या पाँच पुगेको छ ।

नेपाली सेना, प्राविधिकलगायतको संयुक्त टोलीले बुधबार अपराह्न सुरुङभित्र खोजी गर्ने क्रममा थप दुई शव फेला पारेको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिए ।

यसअघि तीन जनाको शव फेला परिसकेको थियो । पछिल्लो पटक भेटिएका दुई शवसमेत गरी पाँचै शवलाई हेलिकोप्टरमार्फत नुवाकोटको त्रिशूली ल्याइएको छ । फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको महर्जनले बताए ।

भदौ १० गते भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका थिए । उनीहरूमध्ये प्रवद्र्धक कम्पनीका पाँच र नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारी थिए ।

बाढीपछि सुरुङ तथा विद्युत्गृह क्षेत्रमा बेपत्ताको खोजी तीव्र पारिएको थियो। खोजीका क्रममा अहिलेसम्म पाँच जनाको शव फेला परेको छ भने अझै एक जना कर्मचारीको अवस्था अज्ञात छ । उनको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?