Skip to main content

Urja Nepal

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

Advertisement

Urja Nepal

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहेका कर्मचारीहरू विद्युतगृहमै थुनिएको पूर्वऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् ।

बाढीका कारण विद्युतगृह जाने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरी सम्पर्क तथा उद्धारको पहुँचबाट समेत टाढिने अवस्था सिर्जना भएको उनले बताए थियो । विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामग्री लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति तथा मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण समयमै उद्धारमा कठिनाइ देखिएको उनले उल्लेख गरेका छन् ।

यस घटनाबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्तै मर्माहत बनाएको घिसिङले बताएका छन् । चिलिमे जलविद्युत केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युतगृहका संरचना र अवस्थाबारे आफू परिचित रहेको भन्दै उनले उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको जानकारी दिएका छन् ।

बाढीपछिका दिनमा रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायलाई सुझाव दिएको पनि घिसिङले बताएका छन् । त्यसपछि प्रधानमन्त्रीलाई समेत खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको उनले उल्लेख गरेका छन् ।

विपद्का घटनामा व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन नै महत्वपूर्ण हुने घिसिङको भनाइ छ ।

उनले चिलिमे जलविद्युत केन्द्रमा कार्यस्थलमै अचानक आएको विपद्मा परी ज्यान गुमाएका कर्मचारीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै, कठिन परिस्थितिमा खोज तथा उद्धारमा खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीसहित सम्पूर्ण उद्धारकर्मी र सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन् । दिवंगत कर्मचारीहरूको योगदान र सम्झना सदैव जीवित रहने घिसिङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?