काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य र सचिवालय सदस्य मनोनीत भएका छन् । उनी आइतबार रास्वपाको सभापति रवि लामिछानेको सभापतित्वमा बसेको सचिवालय बैठकले सदस्यमा मनोनीत गरेको हो ।
मन्त्री श्रेष्ठको शपथ सभापति लामिछाने र महामन्त्री विपिन आचार्यले गराएका छन् ।
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय समिति सदस्यमा निर्वाचित श्रेष्ठले केन्द्रीय समिति तथा सचिवालय सदस्यहरूको शपथ ग्रहण गरेका छन् ।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई केन्द्रीय समिति सदस्यका रूपमा निर्वाचित गरेकोमा रास्वपाका सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेका छन् ।
श्रेष्ठले आफूलाई प्राप्त जिम्मेवारी र कर्तव्यलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, आगामी भूमिकामा सबैको समर्थन, सहकार्य, समन्वय र सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने बताएका छन् ।
रास्वपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति तथा सचिवालय सदस्यहरूको शपथ ग्रहण समारोहमा श्रेष्ठले पनि शपथ लिएका हुन् ।
