Skip to main content

Urja Nepal

हिमालयन क्लिन इनर्जी एक्स्पो : ऊर्जा क्षेत्रको विस्तार र समृद्धिको साझा यात्रा

Advertisement

Urja Nepal

हाम्रो संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को कार्यसमितिले प्रत्येक कार्यकालमा एउटा हाइड्रो एक्स्पो र एउटा पावर समिट आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै यसपटक हामी माघ ४ र ५ गते कार्यक्रम आयोजना गर्दैछौँ । महाप्रलयका कारण केही ढिलाइ भए पनि आजबाट यो यात्रा फेरि सुरु भएको छ ।

सन् २०१७ देखि हामीले हिमालयन हाइड्रो एक्स्पोको नाममा यो कार्यक्रम सुरु गरेका थियौँ । यसपालि नाममा थोरै परिवर्तन गरी ‘हिमालयन क्लिन इनर्जी एक्स्पो’ राखेका छौँ । हिमालय शब्द राख्नुको कारण स्पष्ट छ—नेपालमा विश्वका अग्ला हिमालहरूमध्ये आठवटा छन् । त्यसैले हिमालय हाम्रो पहिचान हो । तर ‘क्लिन इनर्जी’ शब्द थप्दा अन्तर्राष्ट्रिय स्तरमा यसको आकर्षण र पहुँच बढ्छ भन्ने हाम्रो बुझाइ हो ।

पहिले एउटा कार्यकालमा एकपटक मात्र यो एक्स्पो हुने गथ्र्यो । अब भने हामीले निर्णय गरेका छौँ—हरेक वर्ष इप्पान डेको उपलक्ष्यमा यो कार्यक्रम गर्ने । इप्पानको स्थापना २०५७ साल माघ ४ गते भएको थियो । गत वर्ष हामीले २५औँ इप्पान डे मनायौँ । अबदेखि इप्पान डेसँग जोडेर एक दिन अगाडि र एक दिन पछाडि गरी हरेक वर्ष एक्स्पो आयोजना गर्नेछौँ । यसको कारण सरल छ । ऊर्जा क्षेत्रको स्कोप निकै बढेको छ । एक–दुई मेगावाटका साना आयोजनाबाट सुरु भएको यात्रा आज ठूला आयोजनाहरू नेपाली लगानीमै निर्माण हुने अवस्थामा पुगेको छ । त्यसैले यसलाई वार्षिक रूपमा निरन्तरता दिनु आवश्यक ठानिएको हो ।

निजी क्षेत्रको ऊर्जा यात्रा २०५५ सालको पीपीएपछि औपचारिक रूपमा सुरु भएको हो । त्यतिबेला करिब २५४ मेगावाटबाट सुरु भएको उत्पादन अहिले ४३०० मेगावाट पुगेको छ । यसमध्ये झन्डै ८० प्रतिशत अर्थात् करिब ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ । यो क्षेत्र अहिले देशमा आशा जागेको क्षेत्र बनेको छ । सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ । कृषि, पर्यटन, जलविद्युत् र आईटीलाई समृद्धिका आधारक्षेत्रका रूपमा हामी सबैले पहिचान गरेका छौँ । यीमध्ये ऊर्जा क्षेत्रले केही ठोस परिणाम देखाउन थालेको छ ।

गत वर्ष नेपाल विद्युत् प्राधिकरणको ब्यालेन्स सिट अनुसार करिब २९ अर्ब ३१ करोड रुपैयाँ देशमा आएको थियो । खपत पनि बढेको छ । पिक लोड क्षमता करिब २५०० मेगावाट पुगेको छ । सरकारले ३० हजार मेगावाट उत्पादनको योजना अगाडि सारेको छ । त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ—१० हजार मेगावाट भारत र ५ हजार मेगावाट बंगलादेशमा अहिलेकै दरमा पनि यसले ठूलो रकम भित्र्याउने सम्भावना देखिन्छ । देशभित्रै १५ हजार मेगावाट खपत गर्ने लक्ष्य पनि छ । अहिले प्रतिव्यक्ति खपत करिब ४८० युनिट छ भने यसलाई १५०० युनिट पुर्‍याउने लक्ष्य राखिएको छ । यसले जीवनस्तर माथि उठाउने र अर्थतन्त्रलाई थप बलियो बनाउने आधार तयार पार्नेछ । यो लक्ष्य सरकारको मात्र होइन, हामी सबैको साझा लक्ष्य हो । इप्पानले यसका लागि सरकारसँग सहकार्य गर्नेछ र निजी क्षेत्रबाट ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न सकिने विश्वासका साथ अगाडि बढिरहेको छ ।

हाल देशभरि करिब ६४०० मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । महाप्रलयले करिब ६९ मेगावाटका आयोजना प्रभावित भएका छन् । तर निर्माणाधीन आयोजनाहरूमा करिब पाँच लाख जनाले रोजगारी पाएका छन् । ऊर्जा क्षेत्रले अहिले अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ भन्ने कुरा स्पष्ट छ ।

एक्स्पोको मुख्य उद्देश्य ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई एकै ठाउँमा ल्याउनु हो । सिभिल, मेकानिकल, इलेक्ट्रिकल, जियोलोजी लगायतका प्राविधिक जनशक्तिदेखि सिमेन्ट, डन्डी, हेभी इक्विपमेन्ट, टर्बाइनसम्मका सामग्री र सेवा प्रदायकहरूलाई एकै प्लेटफर्ममा राखेर खरिद–बिक्री र मार्केटिङ सहज बनाउने लक्ष्य छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छलफल पनि हुनेछ । युरोपबाट भारत हुँदै आउने टर्बाइनलगायतका विषयमा समेत छलफल गराउने योजना छ । यसले समग्र क्षेत्रलाई थप वृद्धि दिन सहयोग पुर्‍याउनेछ ।

यो कार्यक्रम केही सीमित हाइड्रोपावर कम्पनी वा इप्पानका सदस्यहरूलाई मात्र फाइदा पुर्‍याउने होइन । ऊर्जा क्षेत्रका सेयरमा कारोबार गर्ने लाखौँ नागरिकलाई समेट्दै थप सेयर सदस्यहरू थप्दै अगाडि बढ्ने र समग्र देशको आर्थिक उन्नति तथा समृद्धिको मार्गमा यो क्षेत्रले योगदान पुर्‍याउने विश्वासका साथ हामी काम गरिरहेका छौँ । यस यात्रामा सबैको साथ र सहयोग अपरिहार्य छ ।

मोहन डाँगी
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)

नोट: इप्पान र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते इनर्जी एक्स्पो हुन लागेको छ । सोही विषयको जानकारी दिन गत बिहीवार इप्पानले गरेको पत्रकार सम्मेलनमा दिएको थियो । उक्त सम्मेलनमा अध्यक्ष डाँगीले दिएको अभिव्यक्तिका आधारमा उक्त लेख तयार पारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...