Skip to main content

Urja Nepal

बाढीपहिरोले विद्युत् वितरण संरचनामा क्षति, कुनमा कस्तो ?

Advertisement

Urja Nepal

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।

बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ ।

प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ । सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण/वितरण संरचनामार्फत विद्युत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ ।

भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको कार्य तीव्र बनाइनेछ ।

प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ सबै उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको छ । विपद्को अवस्थामा संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका पोल र तार नजिक नजान सम्पूर्ण उपभोक्तामा उर्जा मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...