Skip to main content

Urja Nepal

बुढीगण्डकी बाढी: आरूघाटमा रातिसम्म विद्युत् जोड्ने प्रयास

Advertisement

Urja Nepal

काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न गोरखामा मर्मत तथा पुन:स्थापनाको काम तीव्र पारिएको छ । आरूघाट गाउँपालिकाका बाँकी क्षेत्रमा आज रातिसम्म विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आरूघाट गाउँपालिका–३ स्थित केउरपानी र ढुंगेमा थप दुई वटा ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको आरूघाट वितरण केन्द्रका अनुसार आरूघाट गाउँपालिका–३ का सोती, लिदिङ र स्यामराङका तीन वटा ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ । अन्य क्षेत्रमा भने विद्युत् सेवा सञ्चालनमा आइसकेको छ ।

सडक अवरुद्ध हुँदा मर्मत कार्य प्रभावित भएको वितरण केन्द्रले जनाएको छ । सडक खुल्दै गएसँगै विद्युत् लाइन मर्मत गरी सेवा सञ्चालन गरिने केन्द्रको भनाइ छ ।

बाढीले गोरखाको धार्चे गाउँपालिकामा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुर्‍याएको छ । त्यस्तै, सोती, आर्खेत र आरूघाट बजार क्षेत्रमा वितरण लाइनका पोलमा क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा पनि ६ वटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण गोरखा र धादिङका विभिन्न जलविद्युत् आयोजनाका संरचना, पहुँच सडक, पुल तथा निर्माण सामग्रीमा समेत क्षति पुगेको छ ।

मन्त्रालयका अनुसार बाढीपछि अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्ने क्रममा भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा आरूघाट बजारसहित डाँडागाउँ र आरूपोखरी क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको छ । मन्त्रालयले यसै हप्ताभित्र सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुन: सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...