Skip to main content

Urja Nepal

बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

Advertisement

Urja Nepal

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए ।

गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो ।

दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताए ।

“दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने । दसैँ मनाउनका लागि असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौँस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।

नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...