Skip to main content

Urja Nepal

शुक्लाफाँटामा पर्यटक बढे, १३ दिनमै ६०० ले गरे अवलोकन

Advertisement

Urja Nepal

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ ।
मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।
करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित छ । त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।
गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए । “बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो । असोजको अन्तिम साता मात्रै खुला गरिएको हो”, चौधरीले भने, “चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ ।”
निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति रु १००, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु ७५० र सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क लिइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
“काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्”, चौधरीले भने, “निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवद्र्धनका लागि पनि प्रयास भइरहेकै छन् ।”
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले कञ्चनपुरका पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहेको बताए । “शुक्लाफाँटा, महाकालीस्थित चार लेनको पक्की भाइरल पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन वृद्धि भएको छ ।” उनले भने, “अहिले पश्चिमी नाका गड्डाचौकी भएर भारतको नैनीताल र कैची धाम घुम्ने जाने नेपालीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।”
उनले पर्यटकीयस्थलमा आउने पर्यटकको यातायात, आवास र सुरक्षालगायतका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...