Skip to main content

Urja Nepal

दुई वर्ष ढिलो बन्यो केरौन सबस्टेसन, चार्जिङको तयारी

Advertisement

Urja Nepal

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौनमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । निर्धारित समयभन्दा झण्डै दुई वर्ष पछाडि धकेलिएको आयोजना निर्माण सम्पन्न भएसँगै अहिले चार्जिङ प्रक्रियामा प्रवेश गरेको हो ।

सबस्टेसनसँगै त्यसलाई जोड्ने ३३ केभी सब–ट्रान्समिसन लाइनको कामसमेत पूरा भएको छ। यस आयोजनाले मोरङको केरौन, रङ्गेली र विराटचोक आसपासको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजना निर्माणका लागि १० नोभेम्बर २०२१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार १० नोभेम्बर २०२३ सम्म निर्माण सक्नुपर्ने भए पनि तोकिएको अवधिमा काम पूरा हुन सकेन । निर्माणमा निरन्तर ढिलाइ भएपछि आयोजनाको ठेक्का अवधि आठ पटकसम्म थप्नुपरेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले कोशी प्रदेशको निरीक्षणका क्रममा करिब दुई महिनाअघि आयोजनाको प्रगतिबारे चासो राख्दै निर्माणलाई गति दिन निर्देशन दिएका थिए । आवश्यक सहजीकरण र निर्देशनपछि निर्माणले तीव्रता पाएको र अहिले सञ्चालनको तयारीसम्म आइपुगेको मन्त्री श्रेष्ठले बताएका छन् ।

प्राविधिक हिसाबले पनि यो सबस्टेसन क्षेत्रीय विद्युत् वितरण प्रणालीका लागि महत्त्वपूर्ण पूर्वाधार हो । कुल १४८.५ एमभिए क्षमता रहेको सबस्टेसनमा ६३ एमभिएका दुईवटा १३२/३३ केभी ट्रान्सफर्मर जडान गरिएका छन् । त्यस्तै, स्थानीय वितरण प्रणालीमा विद्युत् आपूर्ति गर्न २२.५ एमभिएको एउटा ३३/११ केभी ट्रान्सफर्मर पनि राखिएको छ ।

सबस्टेसनलाई दुहवी–दमक १३२ केभी प्रसारण लाइनसँग जोडिएको छ । यहाँबाट विद्युत् वितरणका लागि पाँचवटा ११ केभी फिडरको व्यवस्था गरिएको छ । यसबाहेक केरौन–रङ्गेली र केरौन–विराटचोक जोड्ने ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ ।

सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति विस्तार तथा वितरण प्रणालीलाई थप भरपर्दो बनाउन पूर्वाधार तयार हुनेछ । लामो समयदेखि निर्माणाधीन रहेको आयोजना सम्पन्न हुनु यस क्षेत्रको विद्युत् पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...