Skip to main content

Urja Nepal

Blog

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने, कस्ले दिन पाउँछ आवेदन ?

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने, कस्ले दिन पाउँछ आवेदन ?

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसमध्ये ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ । उक्त हिस्साबाट १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये दोलखाको…
Read More
दुर्गा पक्षको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्षको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक…
Read More
म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम…
Read More
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु…
Read More
बूढीगण्डकी बाढी: ३ हाइड्रो पावरमा क्षर्ति, १०० बढी घरहरू बगे

बूढीगण्डकी बाढी: ३ हाइड्रो पावरमा क्षर्ति, १०० बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४:०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गिलुङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाइ छ । उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत…
Read More
बूढीगण्डकी बाढी: सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

बूढीगण्डकी बाढी: सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा । चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।
Read More
५३० मेगावाट विद्युत् बन्द छ, सही व्यवस्थापन गरिएन भने देशमा लोडसेडिङ हुन्छ: इप्पान अध्यक्ष डाँगी

५३० मेगावाट विद्युत् बन्द छ, सही व्यवस्थापन गरिएन भने देशमा लोडसेडिङ हुन्छ: इप्पान अध्यक्ष डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले बाढी र पहिरोका कारण ५३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको र यसको सही व्यवस्थापन नगरे देशमा पुन: लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । सगरमाथा टेलिभिजनको ’सगरमाथा विशेष’ नामक कार्यक्रमको अन्तर्वार्तामा बोल्दै अध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् । डाँगीका अनुसार भाद्र महिनामा आएको विनाशकारी बाढी–पहिरोले त्रिशूली करिडोर लगायत देशका विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा गम्भीर क्षति पुर्‍याएको छ । जसका कारण ४३१ मेगावाटका आयोजना पूर्ण रूपमा बन्द हुनुका साथै प्रसारण लाइन ध्वस्त हुँदा थप आयोजनाहरू समेत प्रभावित भएका छन् । अहिले सुक्खायाम (हिउँद) सुरु भइसकेको…
Read More
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताए । आज बिहान ४:०० बजे ती गाउँमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने…
Read More
सुरु भयो नेपालीको महान् पर्व बडादसैँ, आज घटस्थापना गरिँदै

सुरु भयो नेपालीको महान् पर्व बडादसैँ, आज घटस्थापना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ…
Read More
काठमाडौंको मातातीर्थ–स्युचाटार प्रसारण लाइनको क्षमता बढाइँदै

काठमाडौंको मातातीर्थ–स्युचाटार प्रसारण लाइनको क्षमता बढाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । उक्त कार्यका क्रममा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुसार प्रसारण लाइनमा रहेको पुरानो तारको सट्टा उच्च क्षमताको नयाँ तार जडान गरिने भएकाले दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्तिमा असर पर्न सक्छ । बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै विद्युत् प्रणालीलाई थप सुरक्षित, सक्षम र दिगो बनाउन प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण आवश्यक रहेको श्रेष्ठले…
Read More