Skip to main content

Urja Nepal

Blog

अविरल वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ । यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
Read More
जलविद्युतबाट मात्रै ३ अर्ब ९३ करोड रोयल्टी, १५३ स्थानीय तहले पाए हिस्सा

जलविद्युतबाट मात्रै ३ अर्ब ९३ करोड रोयल्टी, १५३ स्थानीय तहले पाए हिस्सा

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा प्राकृतिक स्रोतको परिचालनबाट संकलन गरेको कुल रोयल्टीमध्ये ५३.६९ प्रतिशत हिस्सा जलविद्युत क्षेत्रबाट प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदनअनुसार विद्युतबाट मात्रै कुल रोयल्टीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको हो । प्रतिवेदनअनुसार उक्त वर्ष प्राकृतिक स्रोतबाट कुल ७ अर्ब ३३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको थियो । यसमध्ये वनबाट २२.३२ प्रतिशत, पर्वतारोहणबाट १३.६२ प्रतिशत र खानी तथा खनिजबाट १०.३७ प्रतिशत रोयल्टी प्राप्त भएको छ । नेपालमा हाल करिब ४ हजार ५०० मेगावाट जडित क्षमताका विद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनाबाट प्राप्त…
Read More
बागलुङमा बाढीले पुलमा क्षतिले यातायात ठप्प, दसैँ लाग्दा पनि पर्यटन र व्यापार पुरै प्रभावित

बागलुङमा बाढीले पुलमा क्षतिले यातायात ठप्प, दसैँ लाग्दा पनि पर्यटन र व्यापार पुरै प्रभावित

बागलुङ । चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ । दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा…
Read More
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् । “बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए”, स्थानीय टेकबहादुर सुनारले भने, “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ अब बस्तीमा बाढी पस्ने डर छैन ।” नदीको कटानले बस्ती नै जोखिममा परेपछि यहाँका स्थानीयवासी पलायन हुन थालेका थिए…
Read More
नेपाल–भारत जलस्रोत सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल

नेपाल–भारत जलस्रोत सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल

काठमाडौं । नेपाल र भारतबीचको जलस्रोत तथा ऊर्जा सहकार्यलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मालगायत जलस्रोत तथा ऊर्जा क्षेत्रका उच्च अधिकारीबीच भएको छलफलमा द्विपक्षीय जलस्रोत सहकार्यका विभिन्न विषयमा विचारविमर्श भएको हो । छलफलमा भारतले जल संरक्षण, नदी पुनर्जीवन तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा अघि बढाएका ‘जल शक्ति अभियान–क्याच द रेन’ र ‘रिजुभिनेसन अफ गंगा’ लगायतका कार्यक्रमबाट नेपालले लिन सक्ने सिकाइ र अनुभवबारे विशेष छलफल भएको मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत नेपाल–भारत जलस्रोत सहकार्यका…
Read More
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

म्याग्दी । राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुन: विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो । आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिए । आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । हालै निर्माण सम्पन्न…
Read More
‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो । विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य शाहीले बताए । उनका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् । पहिलो चरणमा…
Read More
हाइड्रोमा लगातार दबाब, एक सातामै ७६ अंकले घट्यो परिसूचक

हाइड्रोमा लगातार दबाब, एक सातामै ७६ अंकले घट्यो परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत् कम्पनीहरूको कारोबार समेट्ने हाइड्रो समूहको परिसूचक एक सातामै ७६.७८ अंकले घटेको छ । पछिल्लो साता हाइड्रो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण कमजोर देखिँदा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा झरेको हो । अघिल्लो साता असोज ९ गते हाइड्रो समूहको परिसूचक ३ हजार ६०३.४१ विन्दुमा बन्द भएको थियो । त्यसपछि पछिल्लो कारोबार साताको शुक्रबारसम्म आइपुग्दा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा आएको हो । यसरी हेर्दा एक साताको अवधिमा हाइड्रो समूहले ७६.७८ अंक अर्थात् करिब २.१३ प्रतिशत गुमाएको छ । पछिल्लो साता हाइड्रो समूहले पाँच कारोबार दिनमध्ये तीन दिन गिरावट बेहोरेको छ भने दुई दिन मात्रै…
Read More
पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ७ पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् । कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी…
Read More
बागलुङको गलकोट नगरपालिकामा दैवी विपत्तिले ६३ घरमा क्षति

बागलुङको गलकोट नगरपालिकामा दैवी विपत्तिले ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।
Read More